२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

राष्ट्रिय सभाको निर्वाचन बिथोल्न खोज्ने जनमत पार्टीका ७ कार्यकर्ता पक्राउ

Logo
प्रकाशित बुधबार, माघ १२, २०७८

ABC (क्राईमबिट)
बिरगंज । मधेस प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्न खोज्ने जनमत पार्टीका ७ जना कार्यकर्ता पक्राउ परेका छन् ।

बुधवार जनकपुरधामको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

जनमतका कार्यकर्ताहरुले बाँसको भाँटासहित मतदान स्थल प्रवेश गर्न खोज्दा झडप भएको हो ।

मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका ८ वटा गाडीमा तोडफोड भएको छ । धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले पक्राउ परेका सातै जना विरुद्ध मुद्दा चलाइने बताए । उनले भने, ‘पक्राउ परेका सबैजना विरुद्ध कानून अनुसार मुद्दा चलाइन्छ ।’

झडपको क्रममा प्रहरी तर्फ चारजना समेत घाइते भएको छन् । धनुषा प्रहरीले भने आन्दोलनकारी तर्फ कतिजना घाइते भएको अहिले जानकारी नभएको जनाएका छन् । आन्दोलनकारीहरुले प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख सवार गाडीमा मात्र नभई चिकित्सकको गाडीमा समेत तोडफोड गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!