ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट लागू औषध नियन्त्रणमा व्युरोको संयुक्त टोलीले सोमबार दिउँसो सवा एक बजे नेपालगन्ज १० गणेशमान चोक नजिकबाट २ जनालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।
जिल्ला प्रहरी बाँकेका अनुसार जानकी गाउँपालिका २ का २८ वर्षीय पारसमणि बर्मा सोही स्थानकै २६ वर्षीय ओमप्रकाश बर्मालाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । पक्राउ परेका दुबै जनासँग लागू औषध कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । जिल्ला प्रहरी बाँकेको प्रमुखका रुपमा एसपी श्यामकृष्ण अधिकारी आएयता लागूऔषध कारोबारी धमाधम पक्राउ हुँदै आएका छन् ।