२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बाँकेका सहायक सिडियो टोपेन्द्र केसी नरैनापुर गाउँपालिका खोप अनुगमनमा

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८


ABC-Sanchar)
बाँके । १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई लगाउन शुरु गरिएको मोर्डना खोप कार्यक्रमको नेपालगञ्जमा अनुगमन गरेर केसी नेतृत्वको टोली नरैनापुर पुगेको हो । सहायक प्रजिअ केसीसहित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वली र नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र शाहको टोलीले नरैनापुरका महेन्द्र मावि र जय किसान माविमा चलेको मोर्डना खोप कार्यक्रमको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा आशाजनकरुपमा बालबालिकाहरु खोप लगाउन आएको सहायक प्रजिअ केसीले बताए । साथै केसीले कोरोनाबाट बच्न अनिवार्य सबैले खोप लगाउनुपर्ने सुझाब दिनुका साथै खोप लगाएपनि सबैले अनिबार्य मास्क प्रयोग गर्नुपर्ने बताएका थिए ।

नरैनापुरमा हालसम्म १८ बर्ष माथिका ७० प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिए । बाँके जिल्लामा हालसम्म ८५ प्रतिशतले पहिलो मात्रा र ५६ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेको फोकल पर्सन वलीले जानकारी दिएका छन् । मोडर्ना खोप भोलीसम्म लगाइँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!