०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

बाँकेका सहायक सिडियो टोपेन्द्र केसी नरैनापुर गाउँपालिका खोप अनुगमनमा

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८


ABC-Sanchar)
बाँके । १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई लगाउन शुरु गरिएको मोर्डना खोप कार्यक्रमको नेपालगञ्जमा अनुगमन गरेर केसी नेतृत्वको टोली नरैनापुर पुगेको हो । सहायक प्रजिअ केसीसहित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वली र नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र शाहको टोलीले नरैनापुरका महेन्द्र मावि र जय किसान माविमा चलेको मोर्डना खोप कार्यक्रमको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा आशाजनकरुपमा बालबालिकाहरु खोप लगाउन आएको सहायक प्रजिअ केसीले बताए । साथै केसीले कोरोनाबाट बच्न अनिवार्य सबैले खोप लगाउनुपर्ने सुझाब दिनुका साथै खोप लगाएपनि सबैले अनिबार्य मास्क प्रयोग गर्नुपर्ने बताएका थिए ।

नरैनापुरमा हालसम्म १८ बर्ष माथिका ७० प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिए । बाँके जिल्लामा हालसम्म ८५ प्रतिशतले पहिलो मात्रा र ५६ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेको फोकल पर्सन वलीले जानकारी दिएका छन् । मोडर्ना खोप भोलीसम्म लगाइँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]