२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सम्झौता नभए पछी बर्दिया बढैयातालको मैनापोखर क्षेत्र दिनभरि तनावग्रस्त

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

ABC (क्राईमबिट)
बर्दिया । सोमबार राति टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तहरुले दिनभरि प्रदर्शन गरेका हुन् ।

मदिरा सेवन गरेका चालकले चलाएको टिप्परले किच्दा आँगनमा आगो तापिरहेका बढैयाताल–३ सतपतियाका ४५ वर्षीय सोमबहादुर विक र रामु चौधरीको मृत्यु भएको ज्यान गएको थियो । सोही दुर्घटनामा परेर अन्य दुई महिला गम्भीर घाइते भएका थिए ।

ईलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार सुर्खेतका दुर्गाबहादुर विकले चलाएको भे१ख १४९५ नम्बरको टिप्परले दुईजनाको ज्यान लिनुको साथै अन्य दुईजनालाई गम्भीर घाइते बनाएको थियो । सोही विषयलाई लिएर गुलरिया–नेपालगन्ज सडकखण्डको मैनापोखर क्षेत्रमा मृतकका परिवार तथा आफन्तहरूले प्रदर्शन गरिराखेका हुन् ।

मृतकलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार र चालकलाई हदैसम्मको कारबाहीको माग गर्दै उनीहरुले मंगलबार र बुधबार दिनभरि प्रदर्शन गरे । परिवार तथा आफन्तहरुको प्रदर्शनका कारण दिनभर नेपालगन्ज–गुलरिया सडकखण्ड अवरुद्ध भएको थियो । प्रदर्शनकारीले दोषीमाथि कडा कारबाही र टिप्पर धनीलाई उपस्थित गराउन माग गर्दै सडकमा टायरसमेत बालेर अवरोध गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले टिप्पर चालकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । तै पनि पीडित पक्षले आन्दोलन रोकिरहेका छैनन् । ईलाका प्रहरी कार्यालय मैनापोखरमा बुधबार पीडित पक्ष र टिप्पर समितिबीच छलफल भएपछि सहमति हुन सकेको थिएन ।

‘बुधबार दिनभरि पीडित र समितिका मान्छेहरुबीच छलफल भएको थियो,’ प्रहरी निरीक्षक धर्मराज जोशीले भने, ‘कुनै सहमति हुन सकेन । टिप्पर साहुँलाई बिहीबार उपस्थिति गराउने कुरा भएको छ ।’ दिनभरि राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक प्रयोग गरेर यातायात सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

टिप्परको ठक्करबाट आगो तापिरहेकै सोही ठाउँका ३५ वर्षीया आशा प्यारी चौधरी र ४० वर्षीया चमेलिया थारु गम्भीर घाइते भएका छन् । उनीहरुको नेपालगन्जस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको उपचार टिप्पर समितिले गरिरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । मदिरा सेवन गरेका चालकले चलाएको टिप्पर सुर्खेतबाट इट्टा लिनको लागि बर्दियाको जमुनीतर्फ जाँदै गरेको थियो । सहमति नहुँदा मृतक दुवैजनाको पोस्टमार्टमसमेत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!