०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

सम्झौता नभए पछी बर्दिया बढैयातालको मैनापोखर क्षेत्र दिनभरि तनावग्रस्त

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

ABC (क्राईमबिट)
बर्दिया । सोमबार राति टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तहरुले दिनभरि प्रदर्शन गरेका हुन् ।

मदिरा सेवन गरेका चालकले चलाएको टिप्परले किच्दा आँगनमा आगो तापिरहेका बढैयाताल–३ सतपतियाका ४५ वर्षीय सोमबहादुर विक र रामु चौधरीको मृत्यु भएको ज्यान गएको थियो । सोही दुर्घटनामा परेर अन्य दुई महिला गम्भीर घाइते भएका थिए ।

ईलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार सुर्खेतका दुर्गाबहादुर विकले चलाएको भे१ख १४९५ नम्बरको टिप्परले दुईजनाको ज्यान लिनुको साथै अन्य दुईजनालाई गम्भीर घाइते बनाएको थियो । सोही विषयलाई लिएर गुलरिया–नेपालगन्ज सडकखण्डको मैनापोखर क्षेत्रमा मृतकका परिवार तथा आफन्तहरूले प्रदर्शन गरिराखेका हुन् ।

मृतकलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार र चालकलाई हदैसम्मको कारबाहीको माग गर्दै उनीहरुले मंगलबार र बुधबार दिनभरि प्रदर्शन गरे । परिवार तथा आफन्तहरुको प्रदर्शनका कारण दिनभर नेपालगन्ज–गुलरिया सडकखण्ड अवरुद्ध भएको थियो । प्रदर्शनकारीले दोषीमाथि कडा कारबाही र टिप्पर धनीलाई उपस्थित गराउन माग गर्दै सडकमा टायरसमेत बालेर अवरोध गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले टिप्पर चालकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । तै पनि पीडित पक्षले आन्दोलन रोकिरहेका छैनन् । ईलाका प्रहरी कार्यालय मैनापोखरमा बुधबार पीडित पक्ष र टिप्पर समितिबीच छलफल भएपछि सहमति हुन सकेको थिएन ।

‘बुधबार दिनभरि पीडित र समितिका मान्छेहरुबीच छलफल भएको थियो,’ प्रहरी निरीक्षक धर्मराज जोशीले भने, ‘कुनै सहमति हुन सकेन । टिप्पर साहुँलाई बिहीबार उपस्थिति गराउने कुरा भएको छ ।’ दिनभरि राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक प्रयोग गरेर यातायात सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

टिप्परको ठक्करबाट आगो तापिरहेकै सोही ठाउँका ३५ वर्षीया आशा प्यारी चौधरी र ४० वर्षीया चमेलिया थारु गम्भीर घाइते भएका छन् । उनीहरुको नेपालगन्जस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको उपचार टिप्पर समितिले गरिरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । मदिरा सेवन गरेका चालकले चलाएको टिप्पर सुर्खेतबाट इट्टा लिनको लागि बर्दियाको जमुनीतर्फ जाँदै गरेको थियो । सहमति नहुँदा मृतक दुवैजनाको पोस्टमार्टमसमेत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]