१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दाङ प्रहरीले स्थानीयलाई नक्कली पिस्तोल देखाएर त्रसित पार्ने ७ जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८


ABC (क्राईमबिट)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ भ्युडरस्थित खाली गोठबाट आइतबार बिहान करिब ५ बजेतिर सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार ती व्यक्तिहरुले मादक पदार्थ सेवन गरी पेस्टोल आकारको आगो बाल्ने लाइटरसहित धारिलो हतियार राखी स्थानीयलाई त्रसित पारेको भन्ने सूचनाको आधारमा खटिएको दाङ प्रहरीको टोलीले पक्राउ गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, सोही वडा निवासी १६ वर्षीय मनोज विक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अजिल मिया, वडा नं. ६ निवासी २१ वर्षीय केतु ओली र वडा नं. ९ निवासी १८ वर्षीय मोहन बस्नेत रहेका छन् ।

त्यस्तै उनीहरुको साथबाट प्रहरीले पेस्तोल आरको लाइटर एक थान, खुडा एक थान, हाँसिया तीन थान, बन्चरो एक थान बरामद गरेको छ । साथै उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

error: Content is protected !!