३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

सशस्त्र प्रहरी बलको नयाँ आईजीपी को बन्दै, ३ जना दाबेदारमध्ये पौडेल पहिलो नम्बरमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १९, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्।

सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त भएका थिए।

२०५४ सालमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका अर्यालसहित उनको टोली २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएको थियो। सशस्त्र प्रहरीमा जानासाथ एक तह बढुवा भएको र नयाँ संगठन भएकाले माथिल्लो तहमा छिटो रिक्त भएकाले अर्याल ३० वर्षे सेवा अवधि पूरा नगरी अवकाश हुन लागेका हुन्।

सशस्त्र प्रहरीमा तीन कारणले अनिवार्य अवकाश हुने व्यवस्था छ। उमेर हद, पदावधि र सेवा अवधि। त्यसमध्ये अर्यालको पदावधि पहिले पूरा हुन लागेको हो। अर्यालको अवकाश नजिकिएसँगै सशस्त्र प्रहरीको भावी नेतृत्वको चर्चा हुन थालेको छ।

अर्यालकै ब्याचीबाट अबको आईजीपी
सशस्त्र प्रहरीमा तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी छ। जसमध्ये मानव स्रोत विकास विभागमा नारायणदत्त पौडेल कार्यरत छन् भने सीमा सुरक्षा विभागमा वंशी दाहाल छन्। अर्का एआईजी गणेश ठाडा मगर कार्य विभागमा कार्यरत छन्।

अब सरकारले उनीहरू तीन जना मध्येबाटै आईजीपी बनाउनेछ। पौडेल र दाहालमध्ये जो आईजीपी भए पनि २०८४ चैत १८ गतेसम्म कार्यरत रहनेछन्। ३० वर्षे सेवा अवधि कायम रहे त्यसपछि उनीहरू दुवै जना अवकाश हुनेछन्। उनीहरू अवकाश भएपछि पनि गणेश ठाडा मगर भने आईजीपी बन्ने सम्भावना कायम रहनेछ।

यसमा पनि नारायणदत्त पौडेलको सम्भावना बढी छ। उनी अरु दुई जनाभन्दा सिनियर एआईजी हुन्। उनकै ब्याचका हुन् वंशी दाहाल। तर उनी एआईजीमा पछि परेका थिए। नारायणदत्त र वंशी हालका आईजीपी अर्यालकै ब्याचका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!