१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दाङको बेलझुण्डीको गौशालामा १ दर्जन भन्दा बढी गाईहरु मरे

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेसन केन्द्रमा राखिएका दर्जन बढी गाईहरु एकै दिन मरेका छन् ।

शुक्रबार १४ गाई र शनिबार थप एउटा गाई गरि दुई दिनको अबधिमा १५ वटा गाई मरेको पाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रजिअ रेग्मीसहितका अधिकारीहरु गाई मरेको खवरपछि आइतबार संरक्षण केन्द्रमा स्थलगत अनुगमन गर्न गएका छन् ।

त्यस्तै पशु सेवा कार्यालय घोराही र तुलसीपुरका पशु प्राबिधिकहरु आएर मरेका गाईहरुको पोष्टमार्टम गर्ने कार्य चलिरहेको छ ।

संरक्षण केन्द्रका अध्यक्ष अनिल बिष्टले लगातार दूई दिन सम्म परेको असिना पानीका कारण चिसोले गर्दा गाईहरु मरेको हुन सक्ने बताए ।

तर, स्थानीय एक जना ब्यक्तिले भने संरक्षण केन्द्रका नाममा गाईहरु जथाभावी ल्याएर हुल्ने, खाने कुरापनि नदिने, घाम पानी बाट जोगाउने उचित प्रबन्ध पनि नगरिएको हुँदा गाईहरु मरेको भन्दै आलोचना गरे ।

अध्यक्ष विष्टले घाँस परालको अभाव भएको स्वीकार गरे । गाई संरक्षण केन्द्रलाई तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले जनही पाँच÷पाँच लाख गरि दश लाख आर्थिक साहेता गरेका छन् ।

यो गाई संरक्षण केन्द्र भदौ १४ गते कृष्ण जन्माअष्टमीको दिन उद्घाटन गरिएको हो । छाडा चौपाया संरक्षण गर्ने उदेश्यले केन्द्र स्थापना गरिएको हो । नेपाल संस्कृत बिश्वविद्यालयको ४५ बिगाहा जग्गा बार्षिक ९ लाख ६३ हजार दिने सर्तमा तीन बर्षका लागि जग्गा भाडामा लिइएको छ । अध्यक्ष बिष्टका अनुसार त्यसमा बार्षिक दश प्रतिसत बृद्ध सर्त छ ।

त्यही खुल्ला चौरमा ४० मिटर लम्बाई र २४ मिटर चौडाईको ट्रष्ट निर्माण गरिएको छ । वरिपरी खुल्ला ठाउँमा माथिबाट जस्ता पाता लगाइएको अध्यक्ष बिष्टले जानकारी दिए ।
अध्यक्ष बिष्ट आँफैले उक्त ट्रष्टमा दुई सय जति गाई मात्रै अट्न सक्ने क्षमता रहेको बताए । जहाँ अहिले साढे तीन सय जति गाईहरु राखिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

error: Content is protected !!