१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

आफ्नो अपहरणको नाटक गर्ने ब्यक्ति इप्रका तुल्सीपुर प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुर आँफु अपहरणमा परेको नाटक गर्ने सल्यानका एक ब्यक्ति तुलसीपुरमा पक्राउ परेका छन् ।
सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ४ का ४० बर्षीय खिमबहादुर वली पक्राउ परेका छन् ।
कालीमाटीस्थित एक मन्दिरका कर्मचारी वलीले तुलसीपुर बजारको एकान्त होटेलमा मदिरा र खाना खाएपछि आँफु अपहरणमा परेको भनेर आफ्ना साथीहरुलाई झुटो खवर प्रहरीलाई दिएका थिए ।
त्यसपछि वलीका साथीहरुले प्रहरीलाई वली अपहरणमा परेको बारे खबर गरेपछि वलीको खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
‘वलीको फोन लागि रहेको थियो र हामीले फोन गर्दापनि वलीले आँफुलाई चार जना ब्यक्तिले निलो कारमा हालेर अज्ञात स्थलमा पु¥याएको झुटो कुरा गर्नु भएको थियो,’ डिएसपी अर्यालले भने ‘ रातभर हामी सुत्न पाएनौं र बिहान साढे तीन बजेतिर मात्रै तुलसीपुर ३ दमारगाउँबाट वलीलाई फेला पार्न सफल भएका हौं।’
होटेलमा खाना खाएर निस्केपछि उनी पैदल हिडेर बीरेन्द्र चोक हुँदै पैदल हिडेर गएको सिसी टिभी क्यामेराको फूटेज पत्ता लगाउँदै प्रहरी वली समक्ष पुग्न सफल भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!