१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदिमा २० वटा गोही छाडिय

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८

(ABC-Sanchar)
चितवन । राष्ट्रिय निकुञ्ज चितवन हुँदै बग्ने राप्ती नदीको खैरहनीस्थित जनकपुरघाटमा आज २० वटा गोही छाडिएको छ। १९ वटा पोथी र एउटा भाले गोही छाडिएको हो।चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही आज छाडिएको हो।

प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार संरक्षणमा लागेका विभिन्न सङ्घसंस्थाका व्यक्तिहरुको उपस्थितिमा घडियाल गोही छाडिएको हो। कसरामा नै हुर्काइएका २० वटा गोहीलाई यही माघ १९ गते कोसी नदीको पथरीमा लगेर छाडिएको थियो।

तीन भाले र १७ वटा पोथीलाई छाडिएको हो। कसराबाट १८ गते लगिएका गोही १९ गते छाडिएको हो। यसै वर्ष राप्तीमा कसराबाट १२ वटा गोही छाडिएको थियो। केही दिनमा नवलपरासीको दिव्यपुरीस्थित नारायणी नदीमा २० देखि २५ गोही छोड्ने कार्यक्रम रहेको छ। यस वर्ष एक सय हाराहारी गोही छाडिने उनले जानकारी दिए।

हालसम्म विभिन्न नदीमा एक हजार ६३७ गोही छाडी सकिएको छ। यस वर्ष राप्ती र नारायणीका सातवटा गुँडबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन्।

केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए। आचार्यका अनुसार हालसम्म राप्तीमा ८६७, नारायणीमा ३९९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन्।

हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ४५० वटा गोही रहेका छन्। प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ। केन्द्रमा १३ वटा वयस्क घडियाल रहेका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!