१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

वडा प्रहरी निरीक्षक खड्काको कमान्डमा ठूलो परिमाणमा ब्रोइलर कुखुरासहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २४, २०७८

(महेन्द्र सिंह)
बाँके । वडा प्रहरी कार्यालय नेपालगन्जबाट प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमान्डमा गएको टोलीले आज बिहान जानकी गाउँपालिका २ नेवाजीगाउँ हुँदै अवैधरुपमा नेपालगन्ज भित्र्याइएका ३ सय वटा कुखुरा ( ५ क्विन्टल ) र तीन वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेका अनुसार बरामद गरिएका २ लाख ४० हजार रुपैयाँ बराबरका ३ सय कुखुरालाई आबश्यक कारबाहीका लागि पशु क्वारेनटाइन र कुखुरा तस्करीमा प्रयोग गरिएका भे.३ प. ५७२५, भे.२ प.२२०९ र ज. ४ प. १८२७ नम्बरका तीन वटा मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

लामो समय वडा प्रहरी नेपालगन्जको इन्चार्जका रुपमा कार्य गर्दै आएका प्रहरी निरीक्षक खड्काले चोरी तस्करी नियन्त्रण लागायत नेपालगन्जको सुरक्षा व्यवस्था चुस्त बनाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!