१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

बर्दिया प्रहरीले चोरीको मोटरसाइकल सहित ४ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २४, २०७८


ABC (क्राईमबिट)
बर्दिया । जिल्ला बर्दिया बारबर्दिया नगरपालिका ०२ बस्ने विशाल थापा, सोही ठाउँको बिक्रम विश्वकर्मा, सुरेन्द्र बि.क.,सागर परियार पक्राउ परेका छन ।

गत कार्तिक ५ गते राती बर्दियाको बारबर्दिया नगरपालिका –०३ बस्ने महेश चौधरीको घरबाटै भे.७ प. ६६२५ नं. को कालो रङ्गको १०२ सि.सि. को प्लाटिना मोटरसाईकल चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त भई उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलिले बिशाल थापाले चलाईरहेको भे.४ प. ३१२४ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल लेखिएको नम्बरको नभई चोरी भएको भे.७ प. ६६२५ नम्बरको नै रहेको खुल्न आएपछि प्रहरीले थापालाई नियन्त्रणमा लिइएको हो ।

थापालाई नियन्त्रणमा लिएपश्चत प्रराम्भिक बयानमा सो कार्यमा आरु पनि संलग्न रहेको बताएपछि थप ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीले पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!