२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तु प्रहरीले ५ लाखबराबरको ५ टन केराउसहित ट्रक पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८

ABC (क्राईमबिट)
कपिलवस्तु । सीमा क्षेत्रबाट भारततर्फ निकासी गर्न लागेको पाँच टन अवैध केराउ प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका–७ सीमा नजिकबाट ट्रकमा अवैध रुपमा भारततर्फ लाने तयारी गरिएको अवस्थामा ५ लाख बराबरको पाँच टन केराउ, प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले बरामद गरेको हो ।

यस्तै ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा बस्ने २७ वर्षीय धनप्रकाश अग्रहरीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । सीमावर्ती भारतीय बजार इटवातर्फ जाँदै गरेको यू.पी. ५५ टी २२९५ ट्रकमा चेकजाँच गर्ने क्रममा ५ हजार किलो अवैध केराउ बरामद गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । बरामद गरिएको केराउसहितको ट्रकलाई भने भन्सार कार्यालय सुठौली पठाइने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।