१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

तिर्थ भाटको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले ८ किलो चाँदीसहित मोटरसाइकल पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८

ABC (क्राईमबिट)
बाँके । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेले अवैध चाँदी बरामद गरेको छ । नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७८५ ग्राम (ढिक्का ४ पिस) र २ किलो ५११ ग्राम (बनेको गरगहना पाउजु, औंठी) गरी जम्मा ८ किलो २९६ ग्राम चाँदी सहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट र गोविन्द विहारी शुक्लाको कमाण्डमा खटिएको टोलीले मंगलबार बिहान ११ बजेतिर बरामद गरेको हो । बरामद गरेको मोटरसाइकल र चाँदी आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्रले जनाएको छ ।

उक्त चाँदीको मूल्य ८ लाख ६७ हजार ७ सय १५ र मोटरसाइकलको मूल्य ८० हजार गरी जम्मा भन्सार दाखिला मूल्य ९ लाख ४७ हजार ७ सय १५ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।

भर्खरै मात्र सशस्त्र प्रहरी बल नम्बर ३० गणको कमान्ड सम्हाले यता एसपी जनकराज बस्नेतले सिमा नाकामा निकै कडाइ गर्दै आएका छन् । एसपी बस्नेतले आफ्ना मातहतका सबै युनिटलाई तस्करीविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएयता सशस्त्र प्रहरीले दैनिकजसो धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!