०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

नेपाल र भारत सिमाना फागुन २ गतेदेखि ३ गतेसम्म बन्द हुने

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८


(ABC-Sanchar)
बाँके । भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधान सभा चुनावका लागि नेपाल–भारत सीमा–नाका करिब ६० घण्टा बन्द हुने भएको छ।

चुनावलाई लक्षित गरी २९ माघ बेलुका ५ बजेदेखि ३ फागुन बिहान ७ बजेसम्म सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। १ र २ फागुनमा पूर्ण रुपमा सीमानाका बन्द हुने उनको भनाइ छ।

दार्चुलामा नेपाल–भारत जोड्ने लाली, जोलजिवी, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरी ६ वटा सीमा पुल छन्। सीमा पुलबाहेक लेकम क्षेत्रमा महाकाली नदीमाथि ट्युब र व्यास क्षेत्रमा तुइनको प्रयोग गरी नेपाल–भारत आवतजावत गर्ने गरिएको छ।

सीमापुलहरू दैनिक बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म गरी १२ घण्टासम्म नेपाल–भारत आवत जावतका लागि खुला हुन्छ। राति अत्यावश्यक कामका लागि मात्रै खोल्ने गरिएको छ।

चुनावको समयमा १२ फेब्रुअरी बेलुकादेखि १५ फेब्रुअरी बिहानसम्म सीमानाका बन्द गरिने भारतीय प्रशासनबाट अनौपचारी जानकारी आएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। निर्वाचनको समयमा सीमा क्षेत्रमा शान्ति र सुरक्षा व्यस्थापनका लागि सहयोगसम्बन्धी हालै सम्पन्न नेपाल–भारत सीमा बैठकमा छलफल गरिएको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले साताव्यापी कार्यक्रम सुरु गरेको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल फार्मेसी सङ्घ दाङ शाखाका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए। कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि दाङ जिल्लाभित्र सम्पूर्ण सवारीसाधनको […]

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]