
ABC (क्राईमबिट)
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बच्चा चोरीको घटना बाहिर आएको छ । बच्चा चोरेर भाग्दै गरेको अवस्थामा जनकपुरबाट एकजना महिला पक्राउ परेपछि घटना बाहिर आएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित माहाराज सागर पोखरी छेउबाट बुधबार साँझ ६ बजे मोहम्द अमिर राइनका ७ महिने बच्चा अख्तर राइनलाई एक महिलाले लिएर भागेकी थिइन् ।
प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगाएकी करिब ३५ वर्षीया महिलाले बच्चा लिएर फरार भएकी थिइन् ।
यस घटना सम्बन्धमा थप जानकारी दिन धनुषा प्रहरीले बिहिबार दिउँसो पत्रकार