ABC (क्राइमबिट)
बाँके । कोहलपुर नगरपालिका वडा नं. ५ रझेना बस्ने सुर्य बहादुर खत्रीका छोरा २२ वर्षिय सनिस केसी लाई ३ गा्रम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी नायब निरिक्षक मिन बहादुर विष्टले जानकारी दिए ।
उनका अनुसार,जमुनाहा चेकपोइन्ट स्थित भारतबाट नेपाल तर्फ आइरहेका केसीलाई चेक गर्दा मुख भित्र लुकाएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परि पक्राउ गरिएको बताए ।
प्रहरीले पक्राउ गरि थप अनुसन्धान भइरहेको जनाइएको छ ।