ABC (क्राईमबिट)
काठमाडौं । आम नागरिकको सुरक्षामा दिनरात खटिने राज्यको सुरक्षा निकाय हो नेपाल प्रहरी । प्रहरीको लगातारको सुरक्षाका कारण नै हामि सबै आनन्दका साथ सुत्न घुम्न र निर्धक्क जीवन यापन गर्न पाउँछौ ।
प्रहरी संगठन भित्र पनि यस्तो संयन्त्र हुन्छ जसका कारण यो संगठित तथा अनुशाशित रुपमा चलेको हुन्छ । यसलाई अंग्रेजीमा चेन अफ कमाण्ड समेत भन्ने गरिन्छ । त्यसैले प्रहरी संगठन भित्र आ-आफ्नै दर्जा र दर्ज्यानी चिह्न हुने गर्दछन् ।