२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बाँके प्रहरीले कटुवा पेस्तोलसहित २ जना भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २९, २०७८


ABC (क्राईमबिट)
बाँके । भारतको रुपइडिहास्थित निबिया गाउँ बस्ने वर्ष २६ का डब्लु मनिहार र बाबागन्ज बाबाकुट्टी बस्ने वर्ष २८ का निजामुद्दिन कबडिया पक्राउ परेका हुन् ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट पुष २९ गते राती सुनसहित ३ लाख ३५ हजार लुटेको र माघ १७ गते बाँकेको खजुरा गाउँपालिका डि गाउँ बस्ने हरिप्रकाश डिसीको घरबाट ५० हजार नगद, साढे तीन तोला सुन र पल्सर मोटरसाइकल लुटेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खुर्द खजुराबाट गएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नं. ५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित दुबै जनालाई पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!