ABC (क्राईमबिट)
कपिलवस्तु । बाणगंगा नगरपालिका २ मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले एक थान भरुवा बन्दुकसहित अर्घाखाँची सितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।