०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

माघ महिनाको Police Of The Month पुरुस्कार प्रहरी निरीक्षक रमेश बिष्टलाई

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

(महेन्द्र सिंह)
बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जमा कार्यरत प्रहरीहरुले बिभागले आफुलाई दिएको जिम्मेवारी बहन गर्दै लगनशिल, कर्तब्यनिष्ठ, बफादार र अनुशासित भई त्रुटिरहित ढंगबाट प्रशंसनीय र उल्लेखनीय कार्य गरेको हुँदा प्रहरी निरीक्षक रमेश बिष्टलाई ‘माघ महिनाको उत्कृष्ठ प्रहरी (Police Of The Month) र यस केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये (आन्तरीक प्रशिक्षण) र प्रहरी जवान नारायण शाही (बाह्य प्रशिक्षक) उत्कृष्ठ प्रशिक्षकको रुपमा छनौट गरी आज मिति २०७८/११/०१ गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्ष चक्र बहादुर सिंहज्युबाट पुरस्कार प्रदान गर्नुभएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]