०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

प्रहरी प्रधान कार्यालयले प्रहरीको १० जना डिएसपीको काज सरुवा

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्धय मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई जिम्मेबारी दिइएको छ ।

यस्तै दोलखामा डीएसपी गंगाप्रसाद पौडेल, रसुवामा डीएसपी कुलदीप चन्द र रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको छ ।

 

दाेलखामा रहेका डीएसपी भेषराज रिजालकाे अपराध महाशाखा रामेछापमा रहेका नवराज ढुङगानाकाे प्रदेश १ प्रहरी कार्यालय र रसुवामा रहेका देवेन्द्र पाण्डेकाे जगेडा पुलमा सरुवा भएकाे छ ।

यस्तै वृत्त चापागाउँमा रहेका टेकबहादुर कार्की क्षेत्रीकाे कार्य विभाग र वृत सातदाेबाटाेमा रहेका दिनेश घिमिरेकाे महानगरीय प्रहरी रानीपाेखरीमा काज सरुवा गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]