१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दाङको कालीमाटीबाट काठमाडौं सिधा रात्री कालिन बस सेवा शुरू

Logo
प्रकाशित सोमबार, फाल्गुण ०२, २०७८


(ABC-Sanchar)
दाङ । कालीमाटी फागुन १ गतेदेखि त्रिसिद्देश्वरि राप्ती यातायात सेवा प्रालिले सल्यानको कालीमाटीबाट रात्री बस सन्चालनमा ल्याएको छ । कालीमाटी गाउँपालिका क्षेत्र र पश्चिम दाङबासीको आबस्यकतालाई मध्यनजर गर्दै सल्यानको कालीमाटीबाट सिधा काठमाडौं बस सन्चालन गरेको छ ।

कालीमाटीबाट काठमाडौं दिउँसो ३ बजे र काठमाडौं –कालीमाटी साँझ ५ः३० बजे बस छुटने तालिका मिलाईएको छ, भने भाडादर पन्ध्र सय रूपैयाँ कायम गरिएको छ ।

प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता एवम कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि खत्री र अध्यक्ष हमालले सयुक्त रुपमा रिवन काटेर सेवा शुभारम्भ
गरेका थिए ।

सो अबसरमा बोल्दै प्रालिका अध्यक्ष सुरेश हमालले देशका सबैजसो शहरहरुमा आफूहरुले दशैकौ देखि निरन्तर यातायात सन्चालन गरिरहेको बताए । उनले ग्रामिण क्षेत्रलाई शहर सङ्ग जोडन कालिमाटि बाट काठमाडौं डिलक्स
रात्रि बस सन्चालन गरेको जानकारी दिए । उनले नयाँ रुटमा यातायात सन्चालन गर्दा सबैको सहयोग आबश्यक रहेको समेत बताए ।

कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष सहन सिलता खत्री, वडा नम्बर ३ का वडाध्यक्ष बिरबहादुर वली, बबई गाउपालिका वडा नम्बर २ का अध्यक्ष चिन्तामणि शर्मा, नेपाली काग्रेसका पालिका सभापति टोपबहादुर केसी, नेकपा एमालेका अध्यक्ष केशरसिह बुढा, नेकपा माओबादी केन्द्रका सचिव सालिकराम भट्टराई, नेकपा एमाले समाजबादीका अध्यक्ष गेहेन्द्र केसी, नेपाल स्वतन्त्र मजदुर सङ्गठन दाङका अध्यक्ष केशब भण्डारि,ब्यबसायीहरु उमेशचन्द्र मजगैया र प्रकाश भट्ट लगायतले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

error: Content is protected !!