ABC (क्राईमबिट)
काठमाडौं । जिल्ला अदालत संखुवासभाबाट ५ वर्ष कैद र आधा अंश पीडित महिलालाई दिनुपर्ने भनी फैसला गरेको १७ वर्षपछि उनलाई प्रहरी पक्राउ गरेको हो ।
संखुवसभाको महालु गाउँपालिका–१ का ४० वर्षीय मिङतेम्बा शेर्पालाई सोमबार काठमाडौँको ठूलो भर्याङबाट सोमबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।
उनले २०५४ सालमा सोही ठेगानाकी एक महिलालाई रातको समयमा खेतको काम सकेर फर्कदै गर्दा ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको र २०६१ साल चैत १० गते जिल्ला अदालत संखुवासभाले दोषी ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि उनलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ ।