१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दिनमा कुखुराको चल्ला बिक्री रातमा चोरी गर्ने पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८

ABC (क्राईमबिट)
बाँके । भारत रुपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिउँसोको समयमा विभिन्न गाउँमा पुगेर कुखुराको चल्ला बिक्री गर्थे । उनले काम बाँके र बर्दियाका विभिन्न गाउँमा चल्ला बिक्री गर्ने मात्र थिएन विभिन्न घरहरुको सबै जानकारी (रेकी) गर्ने कामसमेत थियो ।

केही दिनअघि बाँकेमा साथीसहित पक्राउ परेका मनिहारको काम दिनभर कुखुराका चल्ला बिक्री गर्ने र रातको समयमा चोरी गर्ने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले दिनभरि चल्ला बेच्ने र रातिमा डाँकाचोरीमा भारतीयहरु संग्लन रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

‘मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्थे,’ उनले भने, ‘चल्ला बेच्न घरघर पुग्दा मनिहारले को, कहाँ बस्छ, कति पैसा छ भन्ने जानकारी लिएर राति साथीहरुलाई बोलाएर चोरी गर्ने गरेको खुलेको छ ।’ बाँके प्रहरीसमक्ष मनिहारले आफूले सात वर्षदेखि बाँके र बर्दियाका विभिन्न गाउँमा पुगेर चल्ला बेच्ने गरेको बताएका छन् ।

कुखुराका चल्ला बेच्ने बाहनामा घर, धन, सम्पत्ति, पारिवारिक अवस्था बुझेपछि मनिहार आफ्ना भारतीय डाँका साथीसहित राति लुट्न बाँके र बर्दियाका विभिन्न गाउँमा पस्ने गरेको प्रहरी बताउँछ । केही दिनअघि बाँकेको जानकी गाउँपालिकामा मनिहार साथीसँगै एक स्थानीय घर लुट्दै गर्दा गाउँलेको कब्जामा परेका थिए ।

गाउँहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि उनीहरुको चोरी–डकैती गर्ने तरिका पर्दाफास भएको हो । मनिकारको टोलीले पुस २९ गते बर्दियाको बढैयाताल गाउँपालिका–८, शीतला बजारमा परशुराम सार्कीको घरमा पेस्तोल देखाएर तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका थिए ।

माघ १७ गते बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँका हरिप्रकाश विकको घरबाट नगद ५० हजार, साढे तीन तोला सुन र २२० सीसीको पल्सर बाइक चोरी भएको बाँके प्रहरीले जनाएको छ ।

माघ २९ गते जानकी गाउँपालिका–५ बुढियागाउँका मन्जुर खाँको घरमा डकैती गर्ने बेलामा मनिहार र रुपैडिहाका निजामुद्दिन कवडिया गाउँलेको कब्जामा परेका थिए । प्रहरीलाई मनिहारले बताएअनुसार रुपैडिहाका अकिल साई, हफिज जोलाह र साजन डकैती धन्दामा सक्रिय रहेका छन् ।

घटनामा संलग्न अरु भारतीयलाई पक्राउ गर्ने प्रयासमा आफूहरु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

‘चोरी गर्नको लागि उनीहरु बाँके र बर्दियाका छोटी नाकाबाट १०–११ बजे नेपाल प्रवेश गर्ने र मध्यरातमा डकैती गरेर फरार हुने गरेको खुलेको छ,’ उनले भने, ‘खजुरामा चोरी गर्दा चारजना र बर्दियामा ६ जनाको समूह आएको उनीहरुले बयान दिएका छन् ।’

यो डाँका टोलीसँग कटुवा पेस्तोल रहेको बाँके प्रहरी बताउँछ । उनीहरुले पेस्तोलको कारोबारसमेत गर्ने प्रहरीको दाबी गरेको छ । डाँकाचोरी टोलीका अकिल साई भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ छन् । मनिहारले अकिल धेरै वर्ष बहराइच जेलमा बसेर छुटेको र फेरि पनि डकैती धन्धामा लागेको बयान दिएका छन् । भारतमा उनीविरुद्ध आठवटा मुद्दा रहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!