२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

केटा बनेर विवाह गरेका आखिर रहेछिन् केटी १४ वर्षीया अनु खत्री मृत भेटिइन्

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १९, २०८२

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ।

स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई महिनादेखि उनीहरू गाउँमा नदेखिएको बताइएको छ।

कक्षा ८ को परीक्षा दिन केही दिनअघि मात्रै अनु दाङ आएको बताइएको छ। उनी नियमित रूपमा विद्यालय परीक्षा दिन जाने गरेकी थिइन्। चैत १२ गते साथीको जन्मदिन मनाउन गएकी अनु त्यसपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले खोजी कार्य सुरु गर्दै तुलसीपुर बजारसम्म खोजी गरेका थिए।

घ#ट#ना भएको तीन दिनपछि, चैत १५ गते अनुका श्रीमान भनिएका व्यक्तिले टिकटकमार्फत अनुकी दिदीलाई “संगै म##र्ने भनेपनि अनु पहिल्यै बितिसकेको” भन्ने सन्देश पठाएका थिए। उक्त सन्देशपछि सो क्षेत्रमा खोजी गरिएको भए पनि त्यस रात श#व फेला परेको थिएन।

सोमबार बिहान स्थानीय महिलाहरू घाँस का#ट्#न जंगल पुगेका बेला अनुको श#व देखेपछि स्थानीयलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई जानकारी दिइएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार बिहान करिब १० बजे अनुको श#व फेला परेको हो। श#व पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श#व निकै गलिसकेको अवस्थामा फेला परेको थियो। श#व भेटिएको स्थानभन्दा करिब पाँच मिटर माथि रुखमा बेल्ट झुण्डिएको अवस्थामा भेटिएको थियो। टिकटकमा आएको सन्देशका आधारमा अनुका श्रीमान पनि घ#ट#ना#मा संलग्न हुन सक्ने अनुमान परिवारले गरेको छ।

परिवारले अनुका श्रीमान भनिएका व्यक्ति तेस्रो लिङ्गी हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्। यही कारण परिवारले अनुलाई २० वर्षपछि मात्र विवाह गराउने योजना बनाएको भए पनि घ#ट#ना यसैसँग जोडिएको हुन सक्ने आ#शं#का गरिएको छ।

यसैबीच, अनुको मृ#त्यु#को खबरपछि उनका श्रीमान भनिएका व्यक्तिले अनु सँगको फोटो टिकटकमा पोस्ट गर्दै “विदाईको हात त हल्लायौं, अब फर्केर नहेर्नु, यो अभागीको चिहानमा कहिल्यै आँसु नझार्नु” भन्ने गीत राखेको पाइएको छ। प्रहरीले घ#ट#ना#बा#रे थप अनुसन्धान जारी राखेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!