१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दैलेख प्रहरीले ५५ लाख बराबरको गरगहना सहित दुईजनालाई पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८

(सर्मिला बोगटी) धनगढी । कैलालीको नारायणपुर गाउँपालिका साबिक–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुङ्गाना र कैलाली टीकापुर नगरपालिका–९ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २६ वर्षीय दीपक पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट ५५ लाख ४० हजार १३९ रुपैयाँ बराबरको चाँदी जस्तो देखिने गरगहना लगायत विभिन्न सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरो जाँच गर्दा उक्त गाडीमा सो गरगहना बरामद भएको हो । बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा ल्या…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!