१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

एमसीसी खारेजीको माग गर्दै दाङमा बुधबार विहानै देखि बन्दको प्रभाव

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८


(ABC-Sanchar)
दाङ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विप्लवले नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्द कारण देउखुरीका मुख्य बजारहरू भालुवाङ, लालमटिया, सिसहनियाँ, लमही, गढवा बजार पुर्णरूपमा बन्द रहेको छ भने । छिटपुट मोटरसाइकल वाहेक लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् । विभिन्न ठाउँबाट भालुवाङ सम्म आइपुगेका गाडी पुल्चोकमै रोकिएका छन् ।

त्यस्तै शैक्षिक संस्थाहरू पनि बन्द भएका छन् ।बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ । बन्द साँझ ५ बजे मात्रै खुल्ने भएको छ । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले नेपाल बन्द गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!