
ABC (क्राईमबिट)
पर्सा । वीरगञ्ज वडा नम्बर १६ ईनर्वा गाँउदेखि भारततर्फको अहिर्वा गाँउ जाने बाटोबाट पर्सा सशस्त्र प्रहरीले लागूऔषध चरेस बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले सवा ६ बजे चरेस बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार चेकप्वाईन्ट थापेको देख्ना साथ तरकारी बोक्ने झोला फाली नेपालबाट भारततर्फ भागेका थिए ।