(सर्मिला बोगटी) धनगढी । फाप्ला ट्रायल सेन्टरमा स्कुटरको ट्रायल दिन आएकी गौरीगंगा नगरपालिका–५ मसुरियाकी उमा सापकोटालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सापकोटा आफ्नी भाइबुहारी पुनम अधिकारीको नाममा ट्रायल दिन आएकी थिइन । पक्राउ पछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ । पुनम हाल अष्ट्रेलियामा रहेको बताइएको छ ।