०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

दाङमा बुबाको घाँटी रेटेर हत्या गर्ने दानब छोरा पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८

ABC (क्राईमबिट)
दाङ । ब्यक्ति हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शान्तिनगर गाँउपालिका वडा नं ३ स्थित चिराघाटको बेलडाँडा बस्ने बर्ष ६३ को कर्ण बहादुर मगरको हत्या गरेर फरार रहेका आफ्नै सहोदर कान्छो छोरा बर्ष १९ का गोपाल मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यो घटना
गएको फागुन ४ गते अन्दाजी १ बजेको समयमा भएको थियो ।
आफ्नै घरमा तरकारी काट्ने फलामको चक्कुले घाँटीमा रेटी मारेको भन्ने सूचनाको आधारमा तत्काल प्रहरी चौकी चिराघाट र ईलाका प्रहरी कार्यालय खिलतपुर दाङबाट प्रहरी टोली खटिई गोपाललाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]