२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाल कम्युनिष्ट पार्टी गौरवशाली शुक्रबार नेपाल बन्दको घोषणा

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८


(ABC-Sanchar)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी गौरवशालीले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै भोली शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ ।

नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपाली भूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै नेपाल बन्दको आह्वन गरिएको हो ।

एमसिसि पारित गर्नु राष्ट्रघाती र जनघाती भएको सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि त्यसलाई खारेजीको अलवा संसदबाट पारित गराउने दुसाहस गरिएको हुदा बाध्य भएर नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।

उक्त बन्दलाई भव्यताका साथ सफल पारिदिन सम्पुर्ण देशभक्त, बामपन्थि लगायत सम्पुर्णलाई नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) ले आग्रह गरेको छ ।

नेपाल बन्दलाई अबरोध खडा गर्ने, हस्तक्षेप गर्ने वा कुनै प्रकारको उत्तेजना ल्याउने कार्य गरिएमा त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिइएको छ ।
त्यसबाट उत्पन्न हुने परिणमको जवाफदेही नेपाल सरकार नै हुने भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!