१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दाङ प्रहरीले सासुको हत्या गरेको आरोपमा बुहारीसहित २ महिला पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८


ABC (क्राईमबिट)
दाङ । घोराहीमा हत्या गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँ निवासी ५५ वर्षिया ईन्द्रकुमारी घर्तीको हत्या गरेका आरोपमा ती महिला पक्राउ परेका हुन । पक्राउ पर्नेमा सोही ठाउँकी मृककी बुहारी नातापर्ने बसन्ती घर्ती र २२ वर्षिया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

घरायसी विवादका कारण बसन्तीले मृतक सासको टाउँकोमा काठको मुङग्रोले हिर्काएर अचेत भए पश्चात छिमेकी दुर्गाको सहयोगमा घरनजिकैको खोल्सामा फालेको अवस्थामा शव भेटिएको डिएसपी रिजालले बताउनुभयो । बुधबार विहान ईन्द्रकुमारी छिमेकीको घरमा न्वारन खान गएको र साँझ अवेर सम्म घर नआएपछि घरका आफन्तले खोज्दै गर्दा खोलामा रगताम्य अवस्थामा मृत शव फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!