२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङ प्रहरीले सासुको हत्या गरेको आरोपमा बुहारीसहित २ महिला पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८


ABC (क्राईमबिट)
दाङ । घोराहीमा हत्या गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँ निवासी ५५ वर्षिया ईन्द्रकुमारी घर्तीको हत्या गरेका आरोपमा ती महिला पक्राउ परेका हुन । पक्राउ पर्नेमा सोही ठाउँकी मृककी बुहारी नातापर्ने बसन्ती घर्ती र २२ वर्षिया दुर्गा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

घरायसी विवादका कारण बसन्तीले मृतक सासको टाउँकोमा काठको मुङग्रोले हिर्काएर अचेत भए पश्चात छिमेकी दुर्गाको सहयोगमा घरनजिकैको खोल्सामा फालेको अवस्थामा शव भेटिएको डिएसपी रिजालले बताउनुभयो । बुधबार विहान ईन्द्रकुमारी छिमेकीको घरमा न्वारन खान गएको र साँझ अवेर सम्म घर नआएपछि घरका आफन्तले खोज्दै गर्दा खोलामा रगताम्य अवस्थामा मृत शव फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!