
ABC (क्राईमबिट)
बाँके । कोहलपुर ११ बसपार्कबाट प्रहरीले एक लाख मूल्य बढीका अवैध कपडा बरामद गरेको हो ।
बसपार्कस्थित बाटो किनारा पेटीमा लेडिज सुट बेवारिसे अवस्थामा रहेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी पुगेको थियो । पक्राउ गरिएको एक सय ८० पिस लेडिज सादा सुट र ४५ पिस लेडिज कराइवाला सुट रहेको कोहलपुर प्रहरीले जनाएको छ । 
सुटको अन्दाजी मूल्य एक लाख ३९ हजार पाँच सय रहेको छ । आवश्यक कारबाहीका लागि बरामद गरिएका सुटहरुलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।