२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बैशाख ३० गते हुने निर्वाचनमा सक्रियको साथमा लाग्न प्रदेश बनमन्त्री हमालको आग्रह

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०६, २०७८

(महेन्द्र सिंह)
बाँके । लुम्बिनी प्रदेशका वन,वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले आसन्न स्थानीय निर्वाचनमा हिम्मतका साथ लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस डुडुवा गाउँपालिका वडा नम्बर ४ का कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा स्थानीयदेखी केन्द्रसम्म कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए ।

‘बैशाख ३० गते स्थानीय निर्वाचन हुन गइरहेको छ, त्यो निर्वाचनमा हिम्मतका साथ, आत्मविश्वासका साथ लाग्नुस, मलाई लाग्दछ डुडुवा मात्र होइन बाँके जिल्ला र सम्पुर्ण देश नेपाली कांग्रेसमय बन्छ,’ उनले भने ‘अबको सरकार नेपाली कांग्रेसको बन्छ, स्थानीयदेखी केन्द्रसम्म कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।’

अरु पार्टी विभाजित भइरहेको अवस्थामा नेपाली कांग्रेस एक ढिक्का भएर चुनावमा होमिनुपर्ने कांग्रेस नेता समेत रहेका मन्त्री हमालले बताए । आसन्न निर्वाचनमा कांग्रेसले आफ्नो झण्डा गाड्ने उनले ठोकुवा गरे । ‘मलाई विश्वास छ र भरोसा पनि छ, हिजो निर्वाचनमा कस्ले जित्यो, कस्ले जितेन, त्यो छाडौं, आजैबाट नेपाली कांग्रेसको रुख चिन्हमा मत हाल्नका लागि लागौं,’ उनले भने ।

कांग्रेस कार्यकर्ताले कसैका अगाडी आफ्नो शिर झुकाउने अवस्था नरहेको मन्त्री हमालले बताए । ‘हामी त्यो पार्टीको अनुयायी हौं, जसले यो मुलुकको लागि जनताको लागि, न्यायको लागि कानुनी शासनको लागि योगदान गर्यो,’ उनले भने ‘नेपाली कांग्रेसका साथीहरुले कसैको अगाडी आफ्नो शिर झुकाउने अवस्था छैन, कांग्रेसका नेतादेखी लिएर सम्पुर्ण कार्यकर्ताको हिजो शिर ठाडो थियो, आज ठाडो छ र भोलीका दिनमा पनि शिर ठाडो हुनेछ ।’

कांग्रेस डुडुवा गाउँपालिका वडा नम्बर ४ का सभापति हरिबहादुर रेउलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, डुडुवा गाउँपालिकाका उपप्रमुख साहिदा बानो, क्षेत्रीय सचिव सुनिलसिंह हमाल, महाधिवेशन प्रतिनिधी एवम् मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष निजामुद्धिन अन्सारी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, कांग्रेस नेता फैयाज अन्सारी, कांग्रेस क्षेत्र नम्बर २ का सह-सचिव तरुण बज्राचार्य, क्षेत्रीय सदस्य रितेश शर्मा, कांग्रेस नेतृ कमला पोखरेल लगायत अतिथीको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]