१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

फेरी बाघले मान्छे खायो बाँके राष्ट्रिय निकुञ्जले बाघ पक्राउ गर्ने नाटक गर्दै बजेट सक्दै

Logo
प्रकाशित शनिबार, फाल्गुण ०७, २०७८

(ABC-Sanchar TV)
बाँके । राप्तीसोनारी गाउँपालिका वडा नं. ६ डाँडाटेपरीका ६० बर्षीय धन बहादुर चलाउनेलाई बाघले खाएको हो ।

राप्ती सामुदायिक बनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार विहान ८ बजेतिर झम्टेर लगेको हो ।

प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा शव फेला पारेको अस्थायी प्रहरी पोष्ट फत्तेपुर ख का प्रहरी नायव निरीक्षक यज्ञ खत्रीले जानकारी दिए ।

यो समेत गरी बाघले बाँकेमा ५ जनालाई खाइसकेको छ ।

राप्तीसोनारी क्षेत्रमा पटक–पटक बाघले मान्छे खाएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली र प्राविधिक टोली परिचालन गरेपनि नरभक्षि बाघ पक्राउ गर्ने नाटक र बजेट काम मात्र गरेको गाउँलेहरुको आरोप छ । यता बाँके राष्ट्रिय निकुञ्जले बाघलाई नियन्त्रणमा लिन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!