२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

विद्यालय हिँडेका २ बालबालिकालाई अपहरण गर्ने १ जना प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

(ABC-Sanchar)
भैरहवा । रूपन्देहीको सैनामैना नगरपालिका ५ का ३५ वर्षीय खेमबहादुर पौडेल छन्। खेमबहादुरलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो।

खेमबहादुरले गत बिहीबार बिहान बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुल हिँडेका सैनामैना नगरपालिका ६, दूधराक्षकी पुष्पा दाहालका १२ वर्षीय छोरा प्रसिद्ध र ९ वर्षीय छोरी प्रशन्नलाई अपहरण गरेर झापाको विर्तामोड पु¥याएका थिए।

घरबाट विद्यालयको लु १ ख ६५६८ नम्बरको बसमा चढेर गएका बालबालिकालाई पौडेलले बसका स्टाफसँग आफूलाई आफन्त बताउँदै फोटो खिच्न लैजाने भन्दै बीच बाटोबाटै बसबाट झारेर सुरुमा बुटवल ल्याएको अनुसन्धानबाट खुलेको छ। खेमबहादुर नाताले बालबालिकाका फुपाजु पर्छन्।

घरबाट विद्यालय हिँडेका बालबालिका साँझ घरमा नफर्केपछि परिवारले विद्यालयमा बुझ्दा बसका चालक र कर्मचारीले बच्चाहरूलाई अभिभावकले बिहानै बसबाट झारी फोटो खिच्न लिएर गएको बताएका थिए। त्यसपछि मात्रै परिवारले छोराछोरी अपहरणमा परेको अनुमान गरेका थिए।

शुक्रबार बिहानै इलाका प्रहरी कार्यालय रन्यौरामा घटनाबारे अभिभावकले जानकारी दिएपछि प्रहरीले विभिन्न युनिट परिचालन गरी खोजतलास सुरु गरेको थियो। प्रहरीले खोजी गर्ने क्रममा खेमबहादुरले प्रयोग गर्दै आएको मोबाइल अफ थियो। उनको मोबाइल बिहीबार दिउँसो ३ बजेर ४० मिनेटमा बुटवलमै स्वीच अफ भएको प्रहरीले पत्ता लगायो। खेमबहादुरले बुटवलकै एक फेन्सी पसलमा बालबालिकालाई नयाँ कपडा किनेर उनिहरुले लगाएको ड्रेस र झोला त्यहीँ राख्न लगाएको खुलेको छ।अनुसन्धानकै क्रममा खेमबहादुरले बुटवल बसपार्कबाट बिर्तामोड जाने बसको टिकट काटेको भेटिएपछी प्रहरीको अनुसन्धान त्यतै माडियो। त्यसपछि प्रहरीलाई अनुसन्धानमा केही सहज भयो। प्रहरीले शुक्रबार दिउँसो विर्तामोडबाट दुई बालबालिकालाई सकुशल उद्धार गर्न सफल भएको हो। अपहरण गर्ने खेमलाई प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

रुपन्देही प्रहरी प्रमुख मनोज केसीले बालबालिकालाई परिवारको जिम्मा लगाएको बताए। खेमबहादुरले बालबालिकालाई पारिवारिक रिसिबीका कारण अपहरण गरेको प्रहरीको भनाई छ।

खेमबहादुर र उनकी श्रीमतीबीच केही समयदेखि खटपट भएको थियो। खेमबहादुरकी श्रीमती अपहरित बालबालिकाकी फुपू दिदी हुन्। पछिल्लो समय उनी माइतमा बस्दै आएकी थिइन्।

विर्तामोड पुगेपछि खेमबहादुरले तिमीहरूका छोराछोरी फिर्ता ल्याउँछु, मलाई मेरी बुढी र छोरी पठाइदेऊ भनेर परिवारमा भनेकाले यो आर्थिक लेनदेनको अपहरण नभई पारिवारिक रिसिबीका कारण बालबालिकालाई विर्तामोड पु¥याएको हुनसक्ने प्रहरी प्रमुख केसीले बताए।

‘हामीले बेलहिया नाका, कृष्णनगर लगायतका नाकामा प्रहरी युनिट खटायौँ। तर, खेमबहादुर लामो समयदेखि भारतको दार्जिलिङ क्षेत्रमा बस्दै आएकाले बालबालिकालाई उतै लैजान सहज होस् भन्ने उद्देश्यले बिर्तामोड लगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!