१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

विद्यालय हिँडेका २ बालबालिकालाई अपहरण गर्ने १ जना प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

(ABC-Sanchar)
भैरहवा । रूपन्देहीको सैनामैना नगरपालिका ५ का ३५ वर्षीय खेमबहादुर पौडेल छन्। खेमबहादुरलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो।

खेमबहादुरले गत बिहीबार बिहान बुद्धनगरस्थित प्रभात बोर्डिङ स्कुल हिँडेका सैनामैना नगरपालिका ६, दूधराक्षकी पुष्पा दाहालका १२ वर्षीय छोरा प्रसिद्ध र ९ वर्षीय छोरी प्रशन्नलाई अपहरण गरेर झापाको विर्तामोड पु¥याएका थिए।

घरबाट विद्यालयको लु १ ख ६५६८ नम्बरको बसमा चढेर गएका बालबालिकालाई पौडेलले बसका स्टाफसँग आफूलाई आफन्त बताउँदै फोटो खिच्न लैजाने भन्दै बीच बाटोबाटै बसबाट झारेर सुरुमा बुटवल ल्याएको अनुसन्धानबाट खुलेको छ। खेमबहादुर नाताले बालबालिकाका फुपाजु पर्छन्।

घरबाट विद्यालय हिँडेका बालबालिका साँझ घरमा नफर्केपछि परिवारले विद्यालयमा बुझ्दा बसका चालक र कर्मचारीले बच्चाहरूलाई अभिभावकले बिहानै बसबाट झारी फोटो खिच्न लिएर गएको बताएका थिए। त्यसपछि मात्रै परिवारले छोराछोरी अपहरणमा परेको अनुमान गरेका थिए।

शुक्रबार बिहानै इलाका प्रहरी कार्यालय रन्यौरामा घटनाबारे अभिभावकले जानकारी दिएपछि प्रहरीले विभिन्न युनिट परिचालन गरी खोजतलास सुरु गरेको थियो। प्रहरीले खोजी गर्ने क्रममा खेमबहादुरले प्रयोग गर्दै आएको मोबाइल अफ थियो। उनको मोबाइल बिहीबार दिउँसो ३ बजेर ४० मिनेटमा बुटवलमै स्वीच अफ भएको प्रहरीले पत्ता लगायो। खेमबहादुरले बुटवलकै एक फेन्सी पसलमा बालबालिकालाई नयाँ कपडा किनेर उनिहरुले लगाएको ड्रेस र झोला त्यहीँ राख्न लगाएको खुलेको छ।अनुसन्धानकै क्रममा खेमबहादुरले बुटवल बसपार्कबाट बिर्तामोड जाने बसको टिकट काटेको भेटिएपछी प्रहरीको अनुसन्धान त्यतै माडियो। त्यसपछि प्रहरीलाई अनुसन्धानमा केही सहज भयो। प्रहरीले शुक्रबार दिउँसो विर्तामोडबाट दुई बालबालिकालाई सकुशल उद्धार गर्न सफल भएको हो। अपहरण गर्ने खेमलाई प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

रुपन्देही प्रहरी प्रमुख मनोज केसीले बालबालिकालाई परिवारको जिम्मा लगाएको बताए। खेमबहादुरले बालबालिकालाई पारिवारिक रिसिबीका कारण अपहरण गरेको प्रहरीको भनाई छ।

खेमबहादुर र उनकी श्रीमतीबीच केही समयदेखि खटपट भएको थियो। खेमबहादुरकी श्रीमती अपहरित बालबालिकाकी फुपू दिदी हुन्। पछिल्लो समय उनी माइतमा बस्दै आएकी थिइन्।

विर्तामोड पुगेपछि खेमबहादुरले तिमीहरूका छोराछोरी फिर्ता ल्याउँछु, मलाई मेरी बुढी र छोरी पठाइदेऊ भनेर परिवारमा भनेकाले यो आर्थिक लेनदेनको अपहरण नभई पारिवारिक रिसिबीका कारण बालबालिकालाई विर्तामोड पु¥याएको हुनसक्ने प्रहरी प्रमुख केसीले बताए।

‘हामीले बेलहिया नाका, कृष्णनगर लगायतका नाकामा प्रहरी युनिट खटायौँ। तर, खेमबहादुर लामो समयदेखि भारतको दार्जिलिङ क्षेत्रमा बस्दै आएकाले बालबालिकालाई उतै लैजान सहज होस् भन्ने उद्देश्यले बिर्तामोड लगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!