१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

ईसेवामा बोनस रकम प्राप्त हुन्छ भनी ठगी गरेको आरोपमा दुई जना प्रहरीको फन्दामा

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८

काठमाडौँ– ईसेवामा बोनस रकम प्राप्त हुन्छ भनी ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका–२ घर भइ हाल पर्सा वीरगञ्ज बस्दै आएका सुभम साह र बारा महागढिमाई नगरपालिका–१० घर भइ हाल वीरगञ्ज बस्दै आएका सर्फराज आलम रहेको प्रहरीले जनाएको छ।

उनीहरुले ईसेवामा ५० हजार रकम जम्मा गरेमा २५ हजार बोनस पाइन्छ भन्दै ईसेवाको कर्मचारी बोलेको भनी आएको फोनको विश्वासमा पारी पीडितलाई रकम जम्मा गर्न लगाएका थिए।

रकम जम्मा गरेपश्चात बोनस प्राप्त गर्नको लागि कुराकानी गर्दा विभिन्न कुराहरु गरी विश्वासमा पारी पीडितको ओटिपी प्राप्त गरेपश्चात बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेका थिए।

ठगी गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो। ठगी गरेको रकमले टिकटकमा बिक्रीको लागी राखिएको आइफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमति गरी पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगञ्जबाट पाउने गरी पठाउन लगाएको बुझिएको प्रहरीले जनाएको छ।

ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाइएको पाइएको प्रहरीले जनाएको छ ।देश स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!