ABC (क्राईमबिट)
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर विदा हुँदैछन् । ३० वैशाखमा हुन लागेको निर्वाचन भन्दा १० दिन अघि ०७९ वैशाख १९ मा उनी अवकाश जाँदैछन् ।उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । थापाको अवकासपछि मुखैमा रहेको चुनाव र त्यसपछिको शान्तिसुरक्षाको अवस्थालाई हेरेर नेपाल प्रहरीमा नयाँ आईजिपीको खोजी हुनेछ।
नेपाल प्रहरीमा अहिले आईजिपीको लाईनमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् । तीमध्ये ३ जना आईजीपी शैलेश थापा क्षेत्रीसँगै अवकाशमा जान्छन् । उनीहरुको अवकाशपछि विश्वराज पोखरेल र सहकुल थापा आईजीपी हुने प्रतिस्पर्धामा छन् ।