१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

वडा प्रहरी निरीक्षक खड्काको कमान्डमा ३ लाख बढी हाँस र कुखुराको मासु पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८

(महेन्द्र सिंह )      वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले हाँस र कुखुराको प्याकिङ मासु बरामद गरेको हो ।

जानकी गाउँपालिका–१ साइगाँउबाट पाँच पेटी हासको मासु र ९ पेटी कुखुराको प्याकिङ मासु बरामद भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हासको मासुको नेपाली मूल्य १ लाख ९६ हजार कुखुराको मूल्य १ लाख ६२ हजार मूल्य बराबर रहेको छ ।४०५ किलो बोइलर १४० केजी हाँसको मासु बरामद भएको हो ।
हासको मासु ८०० रुपैयाँ किलो र कुखुराको मासु २२० मा होलसेलमा विक्री हुने गर्छ । उहाँका अनुसार यसअघि पनि त्यो क्षेत्रबाट कुखुरा तथा कुखुराको मासु बरामद हुँदै आएको थियो । तर यो मासुको प्याकिङमा भने मलेसिया डक उल्लेख गरिएको छ । प्रहरीले बरामद मासुबारे थप अनुसन्धान गरिरहेको छ । मासु कसरी आयो भन्नेबारे पनि अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!