२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दुर्गेशसंग मिलेर पललाइ फसाइयो पलका म्यानेजरले भने म कानुन अनुसार सजाय भोग्न तयार छु’

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८

(ABCSanchar)
काठमाडौं । एक जना १७ वर्षकी किशोरीले कलाकार पल शाह विरुद्ध इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अहिले शाह सम्पर्क विहिन छन् । यद्धपी नाबालिक किशोरीले उजुरी दिएका कारण शाह अप्ठेरोमा भने परेका छन् । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्क विहिन छन् । प्रहरीले शाहको खोजी गरेको छ ।

किशोरीले जाहेरी दिएपछि अभिनेता शाहले पनि केही अडियो सार्वजनिक गरेका छन् । जसमा उनकै अति मिल्ने साथी दुर्गेश थापा, शाहका म्यानेजर कृष्ण जोशी लगायत ४ जना मिलेर पललाई फ’सा’उन विभिन्न योजना बनाएको सुन्न सकिन्छ । पीडित भनिएकी किशोरीको आवाज त्यहाँ कुनै पी’डितको जस्तो सुनिदैन । उनी पनि योजना बनाउन पुरै सकृय भएको बुझिन्छ ।

अहिले फेरी यो घटनामा नयाँ ट्वीष्ट आएको छ । पल शाहका म्यानेजर जोशीले आफुहरुले पल शाहलाई फ’सा’उन योजना बनाएको स्वीकार गरेका छन् । त्यो योजनामा दुर्गेश थापाको ठूलो हा’त रहेको आरोप पनि लगाएका छन् । दुर्गेशले त पललाई सि’ध्या’इदि’उँ नै भनेका थिए । त्यो सुनेपछि म झसंग भए । अनि पलदाईलाई गएर सबै कुरा मैले भनेँ । अहिले म निकै पछुतो भएपछि सार्वजनिक भएको छु ।

यसरी षडयन्त्र गर्ने म लगायत हाम्रो समूहलाई गा’ली ग’र्नुस् हामीलाई सजाय दिनुस् । म सजाय भोग्न तयार छु । भिडियोमा किशोरीको नाम पनि लिइएको छ । सबै मिलेर हामीले किशोरीलाई प्रयोग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् । उनले सबै कुरा हामीलाइ भनिन् त्यो कुरालाई लिएर हामीले फाइदा उठाएको हो । उनले दुर्गेश र सरोजका ब्यक्तिगत रि’सि’इविका कारण बनाएको योजना हो भनेका छन् ।

उनले पल शाहले सार्वजनिक गरेका कुरा भन्दा अझै ठूला योजना बनेको पनि खुलासा गरेका छन् । उनले भने, त्यो अडियोमा त केही छैन ति भन्दा अझै ठूला योजना पनि छन् । ति कुरा विस्तारै भनुँला

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!