
ABC (क्राईमबिट)
काठमाडौं । नेपालगन्ज ल्याउँदै गरिएका अवैध सामाग्रीसहित एउटा भारतीय मोटरसाइकल बरामद गरेको हो ।
प्रहरीको टोलीले नेपालगन्ज १० ट्राफिक चोकबाट भारतबाट तस्करी गरेर ल्याइएको अवैध लत्ताकपडा एबं तस्करीमा प्रयोग गरिएको युपी ३४ एस ००२५ नम्बर मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । 
त्यस्तै जिल्ला प्रहरी बाँकेले नेपालगन्जबाट भारत लैजाँदै गरिएको ठूलो परिमाणमा नेपालगन्ज सिमा नाकाबाट चुरोट बरामद गरेको जनाएको छ । बरामद गरिएका डेढ लाख रुपैयाँ बराबरका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।