राजन केसी संगीत / फागुन १५, दाङ । सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा ‘आँखा झिमिक्क पारेर’ बोलको गीत एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । ‘रोमान्टिक र डान्सिङ बिटको उक्त गीतमा सन्तोष सँगै अस्मिता अधिकारीले पनि गाएकी छन ।
साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले लेख्नु भएको गीतको म्युजिक भिडियोमा हरिश निरौला (कक्रोज), सुमन ज्योति (ल्याङ्ग्री दादा), पूजा उप्रेती, आयुषा कटुवाल, जय थापा लगायतले अभिनय गरेका छन । सुरेश थापाले निर्देशन गरेको गीतको भिडियोमा सुलभ घिमिरेले एरेञ्ज गरेका हुन । हेर्नुहोस भिडियो :https://youtu.be/h7WSCrW6a-g