१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

नेपालगन्जमा एमसिसीको बिरोधमा ५ जना बन्द कर्ताहरु पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

ABC (क्राईमबिट)
बाँके । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बन्द आह्वान गरेका छन् । यसको आशिंक प्रभाव नेपालगन्जमा पनि परेको छ ।

आज बिहान हिजोअस्तिको तुलनामा गाडी कम चलेका छन् । विद्यालय बन्द छन् । जिल्लाबाट छुट्ने लामोदुरीका गाडी चलेका छैनन् भने बजारमा पनि अन्य दिनको तुलनामा गाडीहरु कम चलेका छन् ।

राजमार्गमा पनि कम मात्रै गाडी चलेका ट्राफिक प्रहरीले जनाएको छ । राजमार्गहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा प्रहरी खटिएका छन् ।

यसैबीच नेपालगन्जको वीपी चोकमा बजार बन्द गराउँदै हिडेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!