
(अङ्कित डिसी)
दाङ । भगवती माध्यमिक विद्यालयले शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ । विगत २१ वर्ष देखि अध्यापन गराइरहनु भएका शिक्षक श्री अमर रोका र २ बर्ष सम्म अध्यापन गराउनु भएका शिक्षक कबिराज घर्तीलाई सम्मानका साथ बिदाइ गरिएको छ ।विद्यालयको
प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका विद्यार्थी शिक्षक तथा अभिभावकले फुलमाला तथा अविर लगाई बिदाइ हुने शिक्षकहरुको सुखद् भविष्यको कामना गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिबराज थापा
, शिक्षक अभिभावक संघका अध्यक्ष छबिलाल पुन, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, स्थानीय समाजसेबी, अभिभावक, विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक प्रेम कुमार थापाले गर्नु भएको थियो उत्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका गिता कुमारी घर्तीले गर्नु भएको थियो । कार्यक्रममा शिक्षक कबिराज घर्तीले गरीब, जेहेन्दार तथा बिपन्न वर्गका २ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्नुभएको थियो । साथै आगमी शैक्षिक शत्र २०७९ देखि जेहेन्दार तथा बिपन्न वर्गका बिद्यार्थीहरुलाई बार्षिक रु १०००० का दरले छात्रबृत्ति उपल्बध गराउने प्रतिबद्ता गर्नु भएको थियो ।