(ABC-Sanchar) हेटौंडा । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले हेटौंडामा बल्कर गाडी (सिमेन्ट बोक्ने गाडी) आगजनी गर्नुको साथै एक ट्रकमा पनि तोडफोड गरेका छन् । एमसीसी पारित गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका हुन् । बन्दकर्ताहरुले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेको शिवम् सिमेन्ट उद्योगतर्फ जाने सडकमा रिद्धि सिद्धि सिमेन्ट लेखिएको बल्करमा आगजानी गरेका हुन् । रातमाटेबाट रिद्धि सिद्धि सिमेन्ट उद्योग जाने क्रममा शिवम् सडकको पावर हायस नजिक बन्दकर्ताहरुले प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा खागज…