१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

बुटवलमा १७ जना बन्द कर्ताहरु पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

(ABC-Sanchar)
बुटवल । एमसीसी पारित भएको विरोधमा पाँच दलीय मोर्चाले गरेको बन्दका क्रममा बुटवलमा १७ जना प्रर्दशनकारी पक्राउ परेका छन् । नेकपा क्रान्तिकारी माआोवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, विप्लव नेतृत्वको नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र बिक, पत्रकार समेत रहेका खोमा तरामु मगरसहित १७ जना बुटवलको बसपार्क क्षेत्र पक्राउ परेका हुन् ।

बन्द गराउँदै हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखेर अनुसन्धान थालिएको छ ।

बन्दका कारण बुटवलसहित रुपन्देहीको जनजीवन प्रभावित भएको छ । राजमार्गमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन पनि अघिल्ला दिनको तुलनामा धेरै कम चलेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!