१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

बाँकेबाट देउवा पक्षको सुरेन्द्र हमालको आधिकारिक उम्मेदवारको घोषणा

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८


(ABC-Sanchar)
बाँके । नेपाली कांग्रेस बाँकेको सभापतिको लागि संस्थापन (शेर बहादुर देउवा) पक्षले सुरेन्द्र बहादुर हमाललाई आधिकारिक उम्मेदवार तोकेको छ ।

बाँकेका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीलाई फोन गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले हमाल नै आधिकारिक उम्मेदवार तोकिएको भन्दै त्यसै अनुरुप सर्कुलर गर्न भनेका छन् । महतले सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का लगायत बसेर हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको बाल्मिकीलाई बताएका हुन् । फागुन १९ गते हुने निर्वाचनका लागि संस्थापनले सभापति टुंग्याउन नसक्दा हमाल र बादशाह कुर्मीले उम्मेदवार दिएका छन् । पदाधिकारीमा भने एउटै टिम छ ।

स्रोतका अनुसार कुर्मीलाई संसदीय निर्वाचनमा उम्मेदवार बनाउने गरी अहिले जिल्ला सभापतिमा हमाललाई अगाडि सारिएको हो । संस्थापन इतर (डा.शेखर कोइराला) बाट भने सभापतिमा नारायणप्रसाद गौडेल उम्मेदवार छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

error: Content is protected !!