(ABC-Sanchar)
काठमाडौं । रुस र युक्रेनबीचको वार्ता सुरु भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दुईदेशबीच बेलारुसमा वार्ता सुरु भएको हो।
रुसले युक्रेनमाथि हमला सुरु गरेपछि पहिलो पटक दुई देश वार्ताको टेबुलमा बसेको बेलारुसीको सरकारी मिडियाले जनाएका छन्।
यसअघि दुबै देशले वार्तामा बस्नका लागि सर्त राख्दै आएका थिए। एजेन्सी