
(ABC-Sanchar)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पशुपतिनाथको दर्शनमा पुगेका छन् । महाशिवरात्रि पर्वको अवसरमा शाह साँझ पशुपतिनाथको दर्शनमा पुगेका हुन् ।
उनी पशुपति पुग्दा समर्थकहरुले घेरेका थिए भने सो क्रममा राजावादीले शाहको जयजकार गर्दै नारासमेत लगाएका थिए । करिब १५ मिनेट शाह पशुपतिमा रहँदा भीड व्यवस्थापनमै प्रहरीलाई हम्मेहम्मे परेको थियो ।