०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

प्रहरी निरीक्षक डिल्ली खड्काको कमान्डमा लाखौंको अबैध कपडाहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण १७, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरबाट बेवारिसे अबस्थामा रहेको ढोका र झ्यालमा लगाउने पर्दा बरामद भएको प्रहरीले जनाएको छ।

भारतबाट भन्सार छ्ली भित्र्याइएको सो पर्दा र चम्चा वडा प्रहरी कार्यालयको टोलीले आज बेलुका साढे ५ बजे बरामद गरेको इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो ।

पर्दा संगै प्रहरीले १८ सय पीस स्टिलको चम्चा समेत बरामद गरेको छ । बरामद गरिएको सामानको मुल्य तीन लाख हाराहारीमा रहेको इन्चार्ज खड्काले बताउनुभयो ।

प्रहरीलाई देखेपछि तस्करहरुले मोटरसाइकलबाट पर्दा र चम्चा फालेर भागेका थिए । बरामद गरिएको सामान थप कारबाहीका लागि नेपालगन्ज भन्सारलाई बुझाउने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!